एनआरएनए अष्ट्रेलियाको निर्वाचन सम्पन्न : अध्यक्षमा अनिल पोखरेल बिजयी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, साउन १४, २०८०

सिड्नी, अष्ट्रेलिया |  एनआरएनएन अष्ट्रेलियाको आगामी २०२३-२०२५ कार्यकालको लागि २९ जुलाई शनिबार सम्पन्न निर्बाचनमा अनिल पोखरेल अध्यक्ष पदमा बिजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी  देव गुरुङ र डिला खरेललाई  फराकिलो मतको अन्तरले पछाडी पर्दै अनिल पोखरेल अध्यक्ष पदमा बिजयी बने।

१४ हजार ५ सय ६२ मतदाता रहेको एनआरएनए अष्ट्रेलियामा १२ हजार ६ सय १७ जना मतदानमा सहभागी थिए । जसबाट पोखरेल ५ हजार २ सय ६७ मत प्राप्त गरेका थिए भने प्रत्यासीद्दय  गुरुङले ३ हजार ३ सय ८० र खरेलले ३ हजार ३ सय ४७ मत पाएका थिए ।

निर्बाचित भए संगै द नेपाली टाईम्स अष्ट्रेलिया संग कुरा गर्दै अध्यक्ष पोखरेलले सम्पूर्ण मतदाता निर्बाचन समिति र सबै स्वयं सेवकहरु लाई एक मुष्ट धन्यबाद दिए।  निर्बाचनमा हार जितलाई सामान्य प्रकृयाको रुपमा लिन अनुरोध गर्दै सबै संग हातेमालो गर्दै अगाडी बढ्न आफु प्रतिबद्द रहेको पनि उनले बताए । आहिले मतको प्यट्र्न हेर्दा अष्ट्रेलियाका मतदाताहरु ले पनि एक किसिमको क्रमभंगता खोजोके, युवा नेतृत्वलाई प्रोत्साहन गरेको आफुले पाएको र त्यहि अभिमतलाई कदर प्रतिनिधि पात्रको रुपमा आफुले काम गर्ने पनि पोखरेलले बताए।

संस्थामा निर्बाचित अन्य पदाधिकारीहरु मा महासचिवमा सन्तोष कुंवर, सचिवमा थिर गुरुङ, कोषाध्यक्षमा अर्जुन गौतम, सहकोषाध्यक्षमा रोजी पन्त, युवा संयोजक सुमन बोहरा र युवा सहसंयोजकमा दीमन राजोपाध्याय विजयी बनेका छन् । यसैगरी युवा सचिवमा पुकार घिमिरे र युवा कोषाध्यक्षमा अस्मिन घिमिरे निर्वाचित भएका छन् । यसै गरि अष्ट्रेलियालाई प्रतिनिधत्व गर्दै आइसीसीमा जाने ८ जना आइसीसी सदस्यहरु मा डा. भरतराज पौडेल, सुजन अधिकारी, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदन पौडेल, नारायण कटुवाल, रमेश अधिकारी, टीकाराम भुर्तेल बिजयी भएका छन्।

अष्ट्रेलियाका  ६ राज्य तथा दुई टेरीटोरी मध्ये दक्षिण अस्ट्रेलिया, नर्दन टेरीटोरी, क्युन्सल्याण्ड, क्यापिटल टेरीटोरी र पश्चिम अष्ट्रेलियामा सर्वसम्मतले  स्टेट कोआर्डिनेटर / केन्द्रिय उपाध्यक्ष  चयन भएका थिए  । जसमा दक्षिण अस्ट्रेलियाबाट संजयराज पुरी, नर्दन टेरीटोरी संजीव ढकाल, क्युन्सल्याण्ड शम्भु घैसे, अष्ट्रेलियन क्यापिटल टेरीटोरी बिक्रम सुवेदी र शेखर घिमिरे चयन भएका हुन् अन्य तिन स्टेटमा न्यु साउथ वेल्सबाट विनोद बहादुर कुंवर, भिक्टोरियामा मणि रतन सापकोटा र तास्मानियामा जगदीश खड्का निर्बाचन प्रकृयाबाट बिजयी भएका छन् । यसै गरि नारी निकुञ्जको संयोजकमा संगीता भण्डारी चापागाईं र सह संयोजकमा रत्ना गौतम, कोषाध्यक्षमा मनिला पाण्डे  निर्विरोध चयन भएका थिए भने सचिवमा अर्चना गौतम  निर्वाचित भएकी छन् ।

निर्वाचन मार्फत एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि ८ जना सदस्य निर्वाचित भएका छन् । डा. भरतराज पौडेल, सुजन अधिकारी, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदन पौडेल, नारायण कटुवाल, रमेश अधिकारी, टीकाराम भुर्तेल आइसीसी सदस्य बन्न सफल भएका छन् । प्रमुख निर्वाचन आयुक्त टोनु  निर्वाचन निस्पक्ष र सौहार्द रुपमा सम्पन्न भएको बताए ।

केन्द्रिय निर्बाचन आयोग, स्टेट निर्वाचन आयोग, राष्ट्रिय एबं स्टेट आइटि सपोर्ट टिम, बर्तमान कार्य समिति, एनआरएनए अभियानताहरु तथा उम्मेदवारहरु र  मतदाताहरु  सबैको अनवरत मेहनतले र्निबाचन अनलाइन मार्फत भब्य, सभ्य र सहज रुपमा सम्पन्न भएकोमा प्रमुख निर्बाचन आयुत्त टोनु  घोतानेले  सबैलाई धन्यबाद दिदै बिजेताहरु लाई बधाई दिएका छन्।