कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटगनर- प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । सरकार गठन गर्न संविधानको धारा १६८(२) बमोजिम मङ्गलबार मङ्गलबार साँझ ५ बजेभित्र चार राजनीतिक दलको समर्थनसहित दाबी पेश गर्नुभएको थापालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । थापालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का ४७ सांसदको समर्थन छ ।
कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु दुई गठबन्धनमा आवद्ध भएको र दुवै गठबन्धन तत्काल विभाजन हुने सम्भावना नभएपछि सरकार बनाउनकै लागि सभामुखले पदबाट राजीनामा दिएर सरकार गठन गर्न सहज वातावरण तयार पार्नुभएको थियो । कोशी प्रदेशसभामा कायम रहेका ९३ सांसदमध्ये सरकार गठन गर्न ४७ सांसद आवश्यक पर्छ । तर कुनै पनि गठबन्धनले ४७ जना सांसदसहित बहुमत पुर्याउन नसकि संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरु सम्मिलित सरकार गठन गर्न समस्या भएपछि सभामुखले पदबाट राजीनामा गर्नुभएको थियो । सभामुख गौतम नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएकाले राजीनामा पछि उक्त गठबन्धनमा आवश्यक बहुमत पुगेको हो । प्रदेशसभामा कांग्रेसको २९, माओवादी कन्द्रको १३, नेकपा एसको चार र जसपाको एक जना सांसद छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...