बिप्लव माओवादीको बन्दले जनजीवन प्रभावित

काठमाडौं— नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज बिहिबारका लागि आह्वान गरेको नेपाल बन्दको कारण राजधानी काठमाडौं लगायत देशभरीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजनिक यातायातका साधन कम चलेका कारण जनजीवन प्रभावित भएको हो । यद्धपि काठमाडौं उपत्यकामा भने निजी सवारीसाधन उल्लेख्य मात्रामा चलेका छन् ।
माओवादीका कार्यकर्ताले देशका विभिन्न भागमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । बन्दकर्ताले बिहान वीरगञ्ज–पथलैया सडक खण्डको छातापिपरामा दुई वटा गाडी तोडफोड गरेका छन् । वीरगञ्ज पथलैया चल्ने ना ३ ख १४८३ नम्बरको बस र जितपुरमा रहेको नेपाल फर्मास्युटिकल्सको कर्मचारी बोक्ने ना १ क १२६७ बसमा तोडफोड भएको हो । रौतहटमा बन्दकर्ताले गुडिरहेको ना६ख ४६१५ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् । बम प्रहारबाट ट्रकका चालक बलराम भण्डारी र सहचालक वसन्त मगर घाइते भएका छन्। उनीहरुको उपचार चन्ऽपुर अस्पतालमा भइरहेको छ ।
यता काठमाडौंको तीनकुनेमा बा १ ज २२०६ नम्बरको ट्याक्सीमा आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै बन्दमा चलाएको भन्दै बन्दकर्ताले मनमैजुमा माइक्रो बस, त्रिपुरेश्वर र त्रिभुवन विमानस्थलद्वार अघि साझा यातायात, वीर अस्पताल अगाडि ट्याक्सी र कलङ्कीमा रात्रिबसमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् ।
प्रहरीले जबर्जस्ती बन्द गराउादै हिाडेका काठमाडौंमा ३४, ललितपुरमा १४ र भक्तपुरमा तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिएका छन् । यसैगरी, पोखरामा प्रहरीले ९ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ भने इलाममा चन्द नेतृत्वको पार्टी जिल्ला सङ्गठन विभाग प्रमुख पेम्बा शेर्पा र दुई नम्बर क्षेत्रका सचिव गजेन्द्र काफ्ले पक्राउ परेका छन् । प्रहरीले सर्लाहीमा पूर्वपश्चिम राजमार्ग बन्द गराउन हिंडेका २० जनालाई पक्राउ गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...