बिप्लव माओवादीको बन्दले जनजीवन प्रभावित
काठमाडौं— नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज बिहिबारका लागि आह्वान गरेको नेपाल बन्दको कारण राजधानी काठमाडौं लगायत देशभरीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजनिक यातायातका साधन कम चलेका कारण जनजीवन प्रभावित भएको हो । यद्धपि काठमाडौं उपत्यकामा भने निजी सवारीसाधन उल्लेख्य मात्रामा चलेका छन् ।
माओवादीका कार्यकर्ताले देशका विभिन्न भागमा सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । बन्दकर्ताले बिहान वीरगञ्ज–पथलैया सडक खण्डको छातापिपरामा दुई वटा गाडी तोडफोड गरेका छन् । वीरगञ्ज पथलैया चल्ने ना ३ ख १४८३ नम्बरको बस र जितपुरमा रहेको नेपाल फर्मास्युटिकल्सको कर्मचारी बोक्ने ना १ क १२६७ बसमा तोडफोड भएको हो । रौतहटमा बन्दकर्ताले गुडिरहेको ना६ख ४६१५ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् । बम प्रहारबाट ट्रकका चालक बलराम भण्डारी र सहचालक वसन्त मगर घाइते भएका छन्। उनीहरुको उपचार चन्ऽपुर अस्पतालमा भइरहेको छ ।
यता काठमाडौंको तीनकुनेमा बा १ ज २२०६ नम्बरको ट्याक्सीमा आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै बन्दमा चलाएको भन्दै बन्दकर्ताले मनमैजुमा माइक्रो बस, त्रिपुरेश्वर र त्रिभुवन विमानस्थलद्वार अघि साझा यातायात, वीर अस्पताल अगाडि ट्याक्सी र कलङ्कीमा रात्रिबसमा ढुङ्गा प्रहार गरी सिसा फुटाएका छन् ।
प्रहरीले जबर्जस्ती बन्द गराउादै हिाडेका काठमाडौंमा ३४, ललितपुरमा १४ र भक्तपुरमा तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिएका छन् । यसैगरी, पोखरामा प्रहरीले ९ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ भने इलाममा चन्द नेतृत्वको पार्टी जिल्ला सङ्गठन विभाग प्रमुख पेम्बा शेर्पा र दुई नम्बर क्षेत्रका सचिव गजेन्द्र काफ्ले पक्राउ परेका छन् । प्रहरीले सर्लाहीमा पूर्वपश्चिम राजमार्ग बन्द गराउन हिंडेका २० जनालाई पक्राउ गरेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...