भुटानको पारोमाथि नेपालको मच्छिन्द्रको रोमाञ्चक जीत

काठमाडौं– भुटानको पारो एफसीलाई हराउँदै नेपालको मच्छिन्द्र क्लब एएफसी कप–२०२३ को दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । मंगलबार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा मच्छिन्द्रले पारो एफसीलाई ३–२ गोलले हराएको हो । मच्छिन्द्रले सुरुवातमा पछि परेको अवस्थालाई उल्टाएर पुनरागमन जीत निकाल्न सफल भएको हो । खेलको अन्तिम १५ मिनेटमा उत्कृष्ट प्रदर्शन गरेको पारोको बराबरी गोल फर्काउने प्रयास भने सफल भएन ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको मच्छिन्द्रले दोस्रो हाफमा लय गुमाएको थियो । मच्छिन्द्रको जीतमा विमल घर्तीमगर, आयुष घलान तथा अोलावाले अफिजले गोल गरे भने पारोका लागि काजुअो होमा र इभनास असान्तेले गोल गरे । काजुओले मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको कमजोरीमा पोस्ट नजिकबाट गोल गरेका थिए । तर पारोको अग्रता लामो समयसम्म टिक्न पाएन । खेलको १२औं मिनेटमा बिमल घर्तीमगरले उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि नै आयुष घनालने बिमलको पासमा गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए ।
त्यसपछि ओलावाले अफिजले ३८औं मिनेटमा उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई थप बलियो बनाए । पारोका इभनासले ७०औं मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्दै टोलीलाई पुनः खेलमा फर्काउने प्रयास गरे । चार हजार दर्शकको साथ पाए पनि मच्छिन्द्र खेलको उत्तराद्धमा अग्रता जोगाउने क्रममा आत्तिएको थियो । खेलको अन्तिम चरणमा पारोले मच्छिन्द्रको पोस्ट्मा लगातार प्रहार गरे पनि बराबरी गोल गर्ने प्रयास भने सफल भएन । मच्छिन्द्रले शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेताको रुपमा एएफसी कप खेलेको हो । नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन बने पनि चर्च ब्वाइज युनाइटेडसंग एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले यो खेल खेल्ने मौका पाएको हो । मच्छिन्द्रले अब दोस्रो चरणमा भारतको सुपर लिग टोली मोहन बगानसँग अगष्ट १६ का दिन खेल्ने छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...