सांसद शर्माको पक्राउबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ बिहिवार परेका छन् । सांसद शर्मालाई सीआईबीले शैक्षिक प्रमाणपत्र छानबिनका लागि पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले बताएका छन् । शर्मा काठमाडौंबाट पक्राउ परेका हुन् । प्रवक्ता कडायतका अनुसार सांसद शर्मालाई शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्नका लागि नियन्त्रणमा लिइएको हो । कांग्रेस नेता अजय बाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत उनी पक्राउ परेको जानकारी गराउँदै शर्माको पक्राउबारे सरकारमाथि प्रश्न समेत उठाएका छन् ।
यसैबीच, नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउबारे सभामुखको पत्रपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । बिहीवार बसेको संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले शर्मालाई किन पक्राउ गरिएको हो ? भन्ने जानकारी लिइरहेको भन्दै सभामुखबाट औपचारिक जानकारी प्राप्त भएपछि मात्रै पार्टीको धारणा सार्वजनिक गरिने बताए । सचेतक लेखकको भनाइ छ – ‘के विषयमा, केका लागि, किन पक्राउ गरेका भन्ने कुराको हामी जानकारी लिईराखेका छौं । केका लागि, किन पक्राउ गरेको थाहा लागेपछि यो बारेमा आफ्नो धारणा सार्वजनिक गछौं ।’ उनले सभामुखबाट जानकारी लिएपछि पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । आज बस्ने संसदीय दलको बैठकका एजेन्डा तय गर्न बिहिवार कार्यसमितिको बैठक बसेको थियो । संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने छ ।
उता, मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् । बिहिवार सांसद शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्रीप्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् । प्रसाईँको भनाइ छ – ‘सुनिल शर्मालाई फसाउन शेरबहादुर देउवा पनि मिल्नु भएको छ । अर्थमन्त्रीको पूरा हात छ । म अर्थमन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केहि हुनेवाला छैन । मिनबहादुर जस्ता, दुर्गा प्रसाईँ जस्ता मानिसहरु धेरै छन् ।’ प्रसाईँले मारवारीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली व्यापारीलाई देशबाट खेद्ने रणनीति नेपाली कांगे्रसको रहेको जिकिर गरे ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...