कपनको खहरेमा महानगरको डोजर

काठमाडौं- काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ। महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुला गर्न सुरु गरेको हो । बुढानिलकण्ठ नगरपालिका वडा नं. १०, १२ का अध्यक्ष र काठमाडौं महानगरपालिका वडा नं. ६, ७ को वडा अध्यक्षबीच शुक्रबार सो क्षेत्रको सीमा यकिन गरी नाप नक्सा गर्ने सम्बन्धमा सहमति भएको हो ।
उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने साथै आवागमन गर्ने स्थान धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरले बेलीब्रीज पुल निर्माण गर्न सक्ने सहमति भएको छ । काठमाडौं महानगर वडा ७ का अध्यक्ष विमल होडा, वडा ६ का अध्यक्ष भुवन लामा, बुढानिलकण्ठ नगरपालिकाका वडा १० का अध्यक्ष नवराज भट्टराई र वडा १२ का अध्यक्ष शम्भुराम प्रसाद भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...