कपनको खहरेमा महानगरको डोजर

काठमाडौं- काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ। महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुला गर्न सुरु गरेको हो । बुढानिलकण्ठ नगरपालिका वडा नं. १०, १२ का अध्यक्ष र काठमाडौं महानगरपालिका वडा नं. ६, ७ को वडा अध्यक्षबीच शुक्रबार सो क्षेत्रको सीमा यकिन गरी नाप नक्सा गर्ने सम्बन्धमा सहमति भएको हो ।
उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने साथै आवागमन गर्ने स्थान धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरले बेलीब्रीज पुल निर्माण गर्न सक्ने सहमति भएको छ । काठमाडौं महानगर वडा ७ का अध्यक्ष विमल होडा, वडा ६ का अध्यक्ष भुवन लामा, बुढानिलकण्ठ नगरपालिकाका वडा १० का अध्यक्ष नवराज भट्टराई र वडा १२ का अध्यक्ष शम्भुराम प्रसाद भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...