नइ एकेडेमी अस्ट्रेलियाद्वारा ‘नइ नारी गौरवी पुरस्कार’ प्रदान
सिड्नी, ‘नइ एकेडेमी अस्ट्रेलिया’ले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । गत ११ अगष्टमा ग्रानभिलको रातो घरमा नइ एकेडेमीले अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर- २०२३ अवार्ड) द्वारा सम्मान गरियो । साथै तीज विशेष कार्यक्रम भव्य रुपमा मनाएको थियो । सो अवसरमा शिक्षा तथा सामाजिक सेवा तर्फ जमुना गुरुगंलाइ अवार्ड प्रदान गरीएको छ भने कला संस्कृति र सामाजिक सेवा तर्फको अवार्ड नारी निकुञ्ज अस्ट्रेलियालाइ प्रदान गरिएको छ । साथै डा.अर्चना कोइरालालाई विज्ञान तथा प्रविधि तर्फ अवार्ड प्रदान गरिएको छ । त्यस्तै सो अवसरमा नइ एकेडेमी अस्ट्रेलियाले नोमीनेसन अवार्ड तर्फ स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई प्रदान गरिएको थियो । उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको सामाजिक योगदानका आधारमा यो नोमीनेसन अवार्ड प्रदान गरिएको हो ।
तीज महोत्सवमा कलाकारहरु सुनिल कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिप्सी भट्टलगायतले आफ्नो गीत प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए । समारोहमा कार्यक्रम संचालक वालमुकुन्द तिमिल्सेना,सांस्कृतिक संयोजक जेनिशा गौतम, साहित्य सहसंयोजक सामु उप्रेती, महासचिव प्रनाव थापा, सचिव सुनिल कटुवाल, कोषाध्यक्ष सुर्जीत आचार्य, सदस्य निशा गौतम, इन्दिरा भट्ट, साजन भण्डारी, मनोज के.सी लगायतको विशेष योगदान रहेको थियो ।
उक्त समारोहमा नइ एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सीमा रोशीले स्वागत गर्दै संस्थाका बारे जानकारी दिएकी थिइन् । कार्यक्रममा बोल्दै एनआरएनका अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्धेश्य कला संस्कृतिलाई अगाडी बढाउनु रहेको भन्दै नइका कार्यक्रमले नेपाली संस्कृत, कला र भाषाको उत्थानका लागि योगदान दिने बताए । उनले यस्ता कार्यक्रमप्रति आफ्नो सदैव सदासयता रहने बताए । त्यस्तै एनआरएनए अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले हालै निर्वाचित एनआरएनएको नयाँ समिति सक्रिय रहेको भन्दै कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए । एनएसडब्ल्यू मेम्बर डोना डेविसले नेपाली समुदाय अन्य समुदायजस्तै नइ एकेडेमी पनि ठूलो समुदाय रहेको बताइन् । साथै उनले नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै अझै अगाडि बढाउन सहयोग गर्ने बताईन् । उनले नइ एकेडेमी जस्ता नेपाली संघसंस्थासगं सहकार्य गर्न आफू सदैव तत्पर रहने बताइन् ।
समारोहमा जेनिशा गौतम, निशा केसीले आआफ्ना स्वर प्रस्तुत गरेका थिए । उनीहरुको स्वर सुन्न अस्ट्रेलियाका नेपालीहरु लालयित हुने गर्छन् । एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लियामेन्ट सदस्य डोना डेविस, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, अनेसास पूर्व अध्यक्ष सानु घिमिरे, एनआरएनए आईसीसी सदस्य रमेश अधिकारी, एनआरएनए सहकोषाध्यक्ष रोजी पन्त नारी निकुञ्ज एनएसडब्ल्यू अध्यक्ष सवला बस्नेत, नारी निकुञ्ज पूर्व डेप्युटी कोअर्डिनेटर भावना पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, म्याग्दी सेवा समीतिका पूर्व अधध्यक्ष मुक्ति रोका, जल्जला समाजका पूर्व अधध्यक्ष तथा संस्थापक राजकुमार भण्डारी लगायतको उपस्थिति रहेको थियो
काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ हुने सोह्र श्राद्ध अर्थात् पितृ...
काठमाडौं– प्रत्येक वर्ष झैँ आज आश्विन सङ्क्रान्तिका दिन अर्थात आज असोज १...
काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४...
काठमाडौं- सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको...
सिड्नी– हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उल्लास नेपालमा मात्र होइन, डायस्पोरामा...
Site Officiel Aviator Casino Jouez Démo Gratuite + Bonus Content Est-il Facile De Gagner À...
Glory Casino Online Kayıt: Yeni Oyuncular Için 300$ Ilk Giriş Bonusu” “Beauty Casino:...
American Airlines Aadvantage® Aviator® Silver Mastercard® Apply For The Aadvantage® Aviator® Red Entire...
Slot Oyunları Dünyasında Yonca Yoncal: Hangi Taktikler Etkili? Slot oyunları, eğlence dünyasında büyük...
1win Paris Sportifs Et Casino En Ligne Bonus 500% Casino 1win: Jeux Et...