महिला एशिया कपः यूएईविरुद्ध नेपालको उत्कृष्ट जीत
दाम्बुला– एसीसी वुमन्स एसिया कप–२०२४ मा नेपालले शानदार जीत हासिल गर्दै विजयी सुरुवात गरेको छ । शुक्रवार खेलिएको प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई २३ बल बाँकी छँदै छ विकेटले पराजित गरेको छ । १ सय १६ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाली टीमले चार विकेटको क्षतिमा यो जीत हासिल गरेको हो ।
आजको खेलमा नेपालकी ओपनर सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनले आजको खेलमा ऐतिहासिक अर्धशतक प्रहार गरिन् । समग्रमा उनले ४५ बलमा ११ चौकाको सहयोगले ७२ रन बनाइन् । नेपालका लागि रुबिना क्षेत्रीले १० रन, कप्तान इन्दु वर्माले ६ रन, कविता कुँवरले २ रन तथा सीता राना मगरले ७ रनको योगदान दिए ।
यसअघि आजको खेलमा यूएईले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको थियो । टस हारेपछि पहिला ब्याटिङ गर्न आएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १५ रन जोडेको थियो । युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कविशा इगोडेज २२ रन, समाइरा धरनिधर्क १३ रन तथा कप्तान इशा ओजाले १० रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले समान एक विकेट लिए ।
काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...