महिला एशिया कपः यूएईविरुद्ध नेपालको उत्कृष्ट जीत

दाम्बुला– एसीसी वुमन्स एसिया कप–२०२४ मा नेपालले शानदार जीत हासिल गर्दै विजयी सुरुवात गरेको छ । शुक्रवार खेलिएको प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईलाई २३ बल बाँकी छँदै छ विकेटले पराजित गरेको छ । १ सय १६ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाली टीमले चार विकेटको क्षतिमा यो जीत हासिल गरेको हो ।
आजको खेलमा नेपालकी ओपनर सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनले आजको खेलमा ऐतिहासिक अर्धशतक प्रहार गरिन् । समग्रमा उनले ४५ बलमा ११ चौकाको सहयोगले ७२ रन बनाइन् । नेपालका लागि रुबिना क्षेत्रीले १० रन, कप्तान इन्दु वर्माले ६ रन, कविता कुँवरले २ रन तथा सीता राना मगरले ७ रनको योगदान दिए ।
यसअघि आजको खेलमा यूएईले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको थियो । टस हारेपछि पहिला ब्याटिङ गर्न आएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय १५ रन जोडेको थियो । युएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कविशा इगोडेज २२ रन, समाइरा धरनिधर्क १३ रन तथा कप्तान इशा ओजाले १० रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले समान एक विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...