शब्दामाला नेपाली बिद्यालयले खुल्ला सत्र आयोजना गर्दै  

उपस्थितिको लागि अभिभाबकहरु मा अनुरोध 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपाली भाषा रहन सहन र संस्कृतिलाई अष्ट्रेलिया हुर्किरहेका दोश्रो पुस्ता माझ पुराउन आज भन्दा १३ बर्ष अगाडी स्थापना भएर हाल सात भिन्न शाखाबाट अध्यापन कार्य गर्दै आइरहेको शब्दमाला नेपाली भाषा बिद्यालयले शैक्षिक सत्रलाई लक्षित गर्दै भिन्न मिति र स्थानमा खुल्ला सत्रको आयोजना गर्दैछ।
सिड्नीमा ग्रयानभिल, द पोण्ड्स, वाइटारा, क्यम्सी, कार्ल्टन र मक्वारी फिल्ड्स गरि छ वटा र न्यु क्यासलमा एक गरि सात शाखा रहेको बिद्यालयले नेपाली बालबालिकाहरु मा नेपाली अक्षर चिनाउदै भाषा पढ्न,लेख्नका साथै नेपाली राष्ट्रिय गित, बिबिध चाड पर्ब र संस्कृतिको रुपमा नेपालीपन सिकाउन अनबरत लागेको छ। यसमा बिद्यालय ब्यबस्थापन अभिभाबकहरु र स्वयं सेवकहरु को ठुलो साथ र सहयोग रहेको छ।
हाल अध्यान गरिरहेका बालबालिकाहरु का अभिभाबक र नयाँ अभिभाबकहरु सबैलाई बिद्यालयको गतिबिधि, पढाउने तरिका र बिबिध जानकारी दिने उदेश्यले यो खुल्ला सत्रको आयोजना गर्न लागिएको हालै एक प्रेस मिटमा शब्दमालाका अध्यक्ष बिष्णु घिमिरेले जानकारी गराएका थिए । भौतिक रुपमा र जुम मार्फत सहभागी पत्रकार र अभिभाबकहरु लाई कार्यक्रमको जानकारी दिनको लागि आयोजित उक्त प्रेस मिटमा बिद्यालयको तर्फबाट सहसचिब दिपक लामिछाने र ग्रयानभिल शाखाका संयोजक नबिन अर्यालको पनि उक्त उपस्थिति थियो।
शब्दमाला नेपाली भाषा बिद्यालयका अनुसार खुल्ला सत्र निम्न मिति र स्थानमा हुनेछ। पायक पर्ने स्थानमा उपस्थित भइदिनु हुनका लागि बिद्यालय परिवारले सबैमा अनुरोध गरेको छ।
– पहिलो कार्यक्रम : आइतबार २७ अगस्टका दिन बिहान १०ः३० देखी १२ः३० सम्म ग्रयानभिल पब्लिक स्कुल, द पोन्ड्स हाई स्कुल र बाइटारा पब्लिक स्कुलमा एकै साथ हुनेछ।
– दोश्रो कार्यक्रम: आइतबार ३ सेप्टेम्बरका दिन बिहान १०ः३० देखी १२ः३० सम्म क्याम्प्सी पब्लिक स्कुल, कार्लटन साउथ पब्लिक स्कुल र म्याक्वेरी फिल्ड्स पब्लिक स्कुलमा  एकै साथ हुनेछ।
– तेस्रो कार्यक्रम: आइतबार १० सेप्टेम्बरका  दिन  बिहान १०ः३० देखी १२ः३० सम्म, प्लाट्सबर्ग पब्लिक स्कुल न्यूकासलमा एकै साथ हुनेछ।