एनआरएनए अष्ट्रेलियाले बिभिन्न विधाका उत्कृष्टहरु लाई सम्मान गर्दै 

आफुलाई योग्य लागेकालाई सिफारिस गर्न सबैमा अनुरोध 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ३१, २०८०
एनआरएनए अष्ट्रेलियाले प्रत्येक २ बर्षमा आयोजना गर्दै आइरहेको Excellence Award सधै जस्तै यस पटक पनि नेपाली समुदायमा बिभिन्न किसिमबाट योगदान पुराएका र आफ्नो क्षेत्रमा उत्कृष्ट रहेका व्यक्ति एबं संस्थाहरु को छनोट गर्दै गर्ने भएको छ । एनआरएनए अष्ट्रेलियाको  राष्ट्रिय अधिबेसनको अबसरमा गरिने यो सम्मानको लागि संस्थाले बिभिन्न विधाहरु तोकेको छ ।
यी  विधामा योगदान दिएकाहरु लाई नोमिनेसन गर्नका लागि पनि संस्थाले सबै सदस्यहरु मा अनुरोध गरेको छ । एनआरएनए अष्ट्रेलियाका बर्तमान अध्यक्ष नन्द गुरुङ्गले  यसको लागि अवार्ड कमिटि बनाइसकेको र कमिटिले सिफारिशमा परेकाहरु बीचबाट समुदायमा बिगत २ बर्षमा गरेको योगदानको आधारमा सम्मानित व्यक्तित्वहरु छान्ने महत्वपूर्ण जिम्मेवारी समितिलाई दिइएको बताए । गुरुङ्गले यसले नेपाली समुदायका सबैको मनोबल बढ्ने र आउँदा दिनहरु मा पनि त्यस्ता व्यक्तिहरु पेरणाको श्रोत बन्ने पनि बिश्वास व्यक्त गरे ।
अवार्ड कमिटिका संयोजक भिष्म भण्डारीका अनुसार निस्पक्ष रुपमा आवर्ड कमिटिले आफ्नो काम सुरु गरिसकेको र यसको लागि समुदायमा लुकेका प्रतिभा र मेहनती हातहरु लाई उत्साह थप्न एनआरएनए अष्ट्रेलियाका सबै सदस्यहरु लाई त्यस्ता व्यक्ति/संस्थाहरु को नोमिनेसन गरि दिन अनुरोध गरे।
नोमिनेसन १४ अगस्त २०२३ बाट सुरु भएको र यो २० अगस्त २०२३ सम्म रहनेछ। यसै गरि अवार्ड बिजेता २ सेप्टेम्बर २०२३ मा घोषणा गरिनेछ भने बिजेताहरु लाई एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय अधिबेसनको साँझ एक कार्यक्रम माझ सम्मान गरिनेछ।
अवार्ड कमिटिको तर्फबाट संयोजक भिष्म भण्डारीले दिएको जानकारी अनुसार अवार्ड तलका भिन्न विधाहरु बाट छनोट गरिनेछ।
1. Student of the Year – Year 12 Level
2. Sports Person of the Year – Over 18
3. Sports Person of the Year – Under 18
4. Nepalese Cultural Ambassador of the Year
5. NRNA Australia of the Year
6. NRNA Australia Youth of the Year
7. NRNA Australia Woman of the Year
8. Friends of Nepal of the Year
9. Business Person of the Year
10. Community Service Person of the Year
11. Organization of the Year
12. Media Person of the Year
13. State Person of the Year
नोमिनेसनका लागि तलको लिंकमा वा माथि पोस्टरको क्यु-आर कोडमा गएर इच्छाएको व्यक्ति वा संघ संस्थालाई गर्न सकने व्यस्था मिलाइएको छ।
यस सम्बन्धि थप जानकारी र जिज्ञासाको लागि awards@nrn.org.au मा सम्पर्क गर्न अनोरोध गरिएको छ।