सरोज र आकांक्षाको ‘चोखो माया…’ सार्वजनिक

काठमाडौं— गायक सरोज लामाको पहिलो गीत ‘चोखो माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद कोइरालाको शब्द तथा संगीतको यो आधुनिक गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका छन् । सानैदेखि गायनमा रुची राख्ने गायक लामालाई यो यूगल गीतमा गायिका आकांक्षा बस्यालले गायनमा साथ दिएकी छिन् । संगीतकर्मी विनय लामासंग संगीतको प्रशिक्षण लिइरहेका गायक सरोज लामा तथा पप गायनमार्फत स्थापित भएकी गायिका आकांक्षाको सुरिलो स्वरको यो गीतको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवबाट एकै साथ प्रिमियर गरिएको यो गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह तथा मोडल विपना थापाले अनस्क्रिन रोमान्स गरेका छन् । म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै नेपाली चलचित्रमा समेत पदार्पण गरेका पल शाहलाई यो भिडियोका आकर्षक देखाइएको छ । पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय बिपना थापा पनि यो भिडियोमा सुन्दर देखिएकी छिन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । गोदावरी तथा चपली हाइटका आकर्षक लोकेशनमा दुई दिन लगाएर छायांकन गरिएको यो भिडियोमा कलाकारहरुले लगाएका पहिरनहरुको डिजाइन ईशु मगरले गरेकी हुन् ।
यस्तो छ भिडियो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...