सरोज र आकांक्षाको ‘चोखो माया…’ सार्वजनिक
काठमाडौं— गायक सरोज लामाको पहिलो गीत ‘चोखो माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद कोइरालाको शब्द तथा संगीतको यो आधुनिक गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका छन् । सानैदेखि गायनमा रुची राख्ने गायक लामालाई यो यूगल गीतमा गायिका आकांक्षा बस्यालले गायनमा साथ दिएकी छिन् । संगीतकर्मी विनय लामासंग संगीतको प्रशिक्षण लिइरहेका गायक सरोज लामा तथा पप गायनमार्फत स्थापित भएकी गायिका आकांक्षाको सुरिलो स्वरको यो गीतको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवबाट एकै साथ प्रिमियर गरिएको यो गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह तथा मोडल विपना थापाले अनस्क्रिन रोमान्स गरेका छन् । म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै नेपाली चलचित्रमा समेत पदार्पण गरेका पल शाहलाई यो भिडियोका आकर्षक देखाइएको छ । पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय बिपना थापा पनि यो भिडियोमा सुन्दर देखिएकी छिन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । गोदावरी तथा चपली हाइटका आकर्षक लोकेशनमा दुई दिन लगाएर छायांकन गरिएको यो भिडियोमा कलाकारहरुले लगाएका पहिरनहरुको डिजाइन ईशु मगरले गरेकी हुन् ।
यस्तो छ भिडियो :
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...