नौ गोल्ड मेडल सहित सुजनलाई ठुलो सफलता

शारीरिक सुगठन र बडी बिल्डिङमा अनवरत लागि रहेका सुजन शिल्पकार हामी सबैको लागि गर्ब गर्न लाएक प्रतिभा बनेका छन् । नेपालको पोखराबाट आइ अष्ट्रेलियालाई कर्मथलो बनाएका सुजनले यस अगाडी पनि बिभिन्न राष्ट्रिय एबं अन्तराष्ट्रिय प्रतियोगिताहरु मा ठुलो ठुलो सफलता हासिल गरिसकेका छन् । उनको सफलताका यिनै पेरणादयि कथाहरु बिच हालै अगष्त १९ मा न्युजील्याण्डको अकल्याण्ड सम्पन्न Pro Am International Pacific Rim Championship प्रतियोगितामा सुजनले फेरि एक पटक आफुलाई निक्कै अब्बल प्रतियोगीतीको रुपमा उभ्याए। बिभिन्न ११ देशका प्रतियोगीती संग रयाम्पमा उत्रेका सुजनले बिभिन्न क्यट्गोरिका प्रतियोगिताहरु मा ९ गोल्ड, २ सिल्भर र १ ब्रोंज मेडल जित्न सफल भए । आकर्षण व्यक्तित्वका धनि सुजनले यसको अलावा ड्रेस कोड थिममा पनि चौथो स्थान हासिल गरि कुल चार ट्रफी सहित आफ्नो कर्म क्षेत्र फर्केका छन्। यसै गरि सोहि प्रतियोगिता मै सुजनले २ प्रो कार्ड, ३ च्याम्पियन्स ट्रेनर अवार्ड पनि जित्न सफल भएका छन्।

नेपाल सरकार र सरकारी निकायको आँखामा नपरेका सुजन एकल प्रयासले नै नेपालको राष्ट्रिय झन्डा बोकेर बिभिन्न देशका प्रतियोगिताहरु मा सहभागी हुने गर्छन । निरन्तर प्रयास र स्वस्थ जिबनशैलीको महत्व सबै युवा सम्म पुराउनु आफ्नो अभियान जस्तो रहको बताउने सुजनले यसमा कुनै गुनासो छैन । सुजन देशले के दियो भन्दा पनि देशलाई के दिन सक्छु भन्ने कुराले आफु सधै प्रेरित रहेको द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा बताए । आफ्नो यो सफलताको पछाडी आफ्नो परिवार र अरु हितैसीहरुको साथ् सहयोग पनि उनले यो अबसरमा स्मरण गरे।

फोटो सौजन्य – सुजन शिल्पकार
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...