काठमाडौंबाट पोखरातर्फ गैरहेको बस दुर्घटना, ८ जनाको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– काठमाडौंबाट पोखरातर्फ गैरहेको बस त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ ।
धादिङको गजुरी–२, चालीसे झरनानजिकै त्रिशूलीमा बस खस्दा बसमा यात्रा गरिरहेकामध्ये ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् ।

प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।
बस दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।