चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौं- भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ । बुधबार साँझ भारतले चन्द्रमाको दक्षिण ध्रुवमा आफ्नो चन्द्रयान सफलतापूर्वक अवतरण गराएको हो । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्याएको थियो ।
यान अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो भारतका लागि मात्रै नभएर विश्वकै लागि खुुसीको कुरा भएको बताए । दक्षिण अफ्रिकाको जोहानेशवर्गमा रहेका मोदी चन्द्रयान ३ अवतरण कार्यक्रमसंग भर्चुअलरुपमा प्रत्यक्ष जोडिएका थिए । चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका थिएनन् ।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएसंगै चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बनेको छ । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...