‘फेन्का’ को साधारण सभा सम्पन्न
बोम योञ्जनको अध्यक्षतामा नयाँ कार्य समिति गठन
सिड्नी, अष्ट्रेलिया । फेडेरसन अफ नेप्लिज कम्युनिटि एशोसियसन्स अफ अष्ट्रेलिया (फेन्का) को चौथो साधारण सभा अगस्त २६ का दिन सिड्नीको रकडेलमा सम्पन्न भएको छ । साधारण सभाले आउदो २ बर्षे कार्यकालका लागि मेलबर्न निबासी बोम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा डा. मधु पुडासैनी, सचिव कोपिल पाण्डे, कोषाध्यक्ष राजन कोईराला, प्रबक्त्ता भोला गिरी, सहसचिव डा. प्रकाश पौडले, सह कोषाध्यक्ष डा. बिनोद दाहाल, सह प्रबक्त्तामा जीवन राना, चयन हुनु भएको छ। यसै गरि राज्य संयोजकमा न्यू साउथ वेल्सबाट विष्णु दाहाल, भिक्टोरिबाट दिक्पाल देव पंगेनी, साउथ अस्ट्रेलियाबाट सुरेश रेग्मी, वेस्टर्न अस्ट्रेलिया बाट योगेन्द्र थापा, अस्ट्रेलियन क्यापिटल टेरोटरिबाट सुरेश पौडेल रहनु भएको छ भने अन्य बाँकि रहेका राज्यहरु बाट कार्य समितिले संयोजकको चयन गर्नेछ।
बिहानको सत्र बन्द र दिउसोको सत्र खुल्ला गरि दुइ सत्रमा सम्पन्न उक्त साधारण सभामा अष्ट्रेलियाका बिभिन्न शहरहरु का सहभागीहरु ले भौतिक रुपमा र अनलाइन मार्फत पनि उपस्थिति जनाएका थिए। कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, ओटलीका लागि विधान सभा सदस्य मार्क क्वर ,राइडका सांसद जोर्डन लेन, लिबरल पार्टी विधायक परिषद सदस्य ज्याकी मुनरो, न्युसाउथ अष्ट्रेलियाका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग लागएत बिभिन्न संघ संस्थाका प्रतिनिघिहरु को उपस्थिति थियो।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...