‘फेन्का’ को साधारण सभा सम्पन्न
बोम योञ्जनको अध्यक्षतामा नयाँ कार्य समिति गठन

सिड्नी, अष्ट्रेलिया । फेडेरसन अफ नेप्लिज कम्युनिटि एशोसियसन्स अफ अष्ट्रेलिया (फेन्का) को चौथो साधारण सभा अगस्त २६ का दिन सिड्नीको रकडेलमा सम्पन्न भएको छ । साधारण सभाले आउदो २ बर्षे कार्यकालका लागि मेलबर्न निबासी बोम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा डा. मधु पुडासैनी, सचिव कोपिल पाण्डे, कोषाध्यक्ष राजन कोईराला, प्रबक्त्ता भोला गिरी, सहसचिव डा. प्रकाश पौडले, सह कोषाध्यक्ष डा. बिनोद दाहाल, सह प्रबक्त्तामा जीवन राना, चयन हुनु भएको छ। यसै गरि राज्य संयोजकमा न्यू साउथ वेल्सबाट विष्णु दाहाल, भिक्टोरिबाट दिक्पाल देव पंगेनी, साउथ अस्ट्रेलियाबाट सुरेश रेग्मी, वेस्टर्न अस्ट्रेलिया बाट योगेन्द्र थापा, अस्ट्रेलियन क्यापिटल टेरोटरिबाट सुरेश पौडेल रहनु भएको छ भने अन्य बाँकि रहेका राज्यहरु बाट कार्य समितिले संयोजकको चयन गर्नेछ।
बिहानको सत्र बन्द र दिउसोको सत्र खुल्ला गरि दुइ सत्रमा सम्पन्न उक्त साधारण सभामा अष्ट्रेलियाका बिभिन्न शहरहरु का सहभागीहरु ले भौतिक रुपमा र अनलाइन मार्फत पनि उपस्थिति जनाएका थिए। कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, ओटलीका लागि विधान सभा सदस्य मार्क क्वर ,राइडका सांसद जोर्डन लेन, लिबरल पार्टी विधायक परिषद सदस्य ज्याकी मुनरो, न्युसाउथ अष्ट्रेलियाका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग लागएत बिभिन्न संघ संस्थाका प्रतिनिघिहरु को उपस्थिति थियो।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...