कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार उनलाई काठमाडौंबाटै पक्राउ गरिएको हो । ९ किलो सुन इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर तस्करी गरेको प्रकरणमा महराका बाबु–छोराकै नाम मुछिएको छ । राहुलले इलेक्ट्रिक सिगरेट (भेप)भित्र लुकाएर ९ किलो सुन तस्करी गर्ने व्यक्तिसँग सयौँ पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो ।
महराका बाबु–छोराले सुन तस्करसँग पटक–पटक फोन संवाद गरेको कुरा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले नै पुष्टि गर्दा पनि उनीहरूविरुद्ध कारबाही प्रकृया अगाडि नबढाउँदा संसदमा समेत आलोचना भएको थियो । अहिलेसम्म महरा बुवा–छोराले सुन काण्डमा आफ्नो नाम जोड्न गलत भएको बताउँदै आएका थिए । यद्यपि, चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो बढी सुन भन्सार कार्यालयले गत पुसमा बरामद गरेको थिये । तस्करहरुले भन्सारका कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर उक्त स्थानमा इलेक्ट्रिक सिगरेट नै राखिदिएका थिए । भन्सारले प्रारम्भमा पक्राउ गरेपछि चिनियाँ नागरिकले सिगरेट नै भएको दावी गर्दै छुटाउन विभिन्न व्यक्तिको दवाव लगाएको खुलेको छ, जसमा महराका बाबु-छोरासमेत जोडिएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...