एशिया कप क्रिकेटः नेपाललाई पाकिस्तानको विशाल लक्ष्य
काठमाडौं– पाकिस्तानले एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । पाकिस्तानका बाबर आजमले १५१ तथा इख्तिखार अहमदले १०९ रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो । पाकिस्तानले ५० ओभरको खेलमा छ विकेट गुमाएर ३४२ रन बनाएको हो ।
नेपालका लागि सोमपाल कामीले अन्तिम ओभरमा दुई विकेट लिए । उनले पाकिस्तानका कप्तान बाबर आजम तथा शादाब खानको विकेट लिए । करण केसी तथा सन्दीप लामिछानेले समान एक विकेट लिए ।
सुरुको १० ओभरमा ४४ रन जोडेको पाकिस्तानले अन्तिम १० ओभरमा १२९ रन जोडेको थियो ।
२५ रनमा २ विकेट गुमाएको पाकिस्तानलाई कप्तान आजमले मोहम्मद रिजवान र इफ्तिखर अहमदसँग गतिलो साझेदारी गर्दै सम्हालेका हुन् । उनले रिजवानसँग चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । पाकिस्तानका फकार जमान १४, आघा सलमान ५, इमाम उल हक ५ र मोहम्मद रिजवान ४४ रन बनाएर आउट भए । पाकिस्तानका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...