एशिया कप क्रिकेटः नेपाललाई पाकिस्तानको विशाल लक्ष्य

काठमाडौं– पाकिस्तानले एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । पाकिस्तानका बाबर आजमले १५१ तथा इख्तिखार अहमदले १०९ रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो । पाकिस्तानले ५० ओभरको खेलमा छ विकेट गुमाएर ३४२ रन बनाएको हो ।
नेपालका लागि सोमपाल कामीले अन्तिम ओभरमा दुई विकेट लिए । उनले पाकिस्तानका कप्तान बाबर आजम तथा शादाब खानको विकेट लिए । करण केसी तथा सन्दीप लामिछानेले समान एक विकेट लिए ।
सुरुको १० ओभरमा ४४ रन जोडेको पाकिस्तानले अन्तिम १० ओभरमा १२९ रन जोडेको थियो ।
२५ रनमा २ विकेट गुमाएको पाकिस्तानलाई कप्तान आजमले मोहम्मद रिजवान र इफ्तिखर अहमदसँग गतिलो साझेदारी गर्दै सम्हालेका हुन् । उनले रिजवानसँग चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए । पाकिस्तानका फकार जमान १४, आघा सलमान ५, इमाम उल हक ५ र मोहम्मद रिजवान ४४ रन बनाएर आउट भए । पाकिस्तानका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...