पाकिस्तानसंग २३८ रनले पराजित भयो नेपाल

काठमाडौं– एशिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले पराजित गरेको छ । भरखरै सम्पन्न भएको खेलमा ३४३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेपाली टीम १०४ रनमै अलआउट भएको हो । पाकिस्तानले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाललाई पहिलो ओभरमै दुई ठूला झट्का लागेको थियो । कुशल भुर्तेल र रोहित पौडेल पहिलो ओभरमै आउट भए ।
नेपाल को १४ रनको स्कोरमा आशिफ शेखको रुपमा तेस्रो विकेट गुमाएपछि केही समय खेलमा फर्कियो । तर ७३ रनको स्कोरमा आरिफ शेख आउट भएपछि विकेट पतनको क्रम प्रारम्भ भयो । ८२ रनको स्कोरमा सोमपाल कामी पाँचौं विकेटको रुपमा आउट भए भने ९० रनको स्कोरमा दिपेन्द्र सिंह ऐरी पनि आउट भए । लगत्तै ९१ रनको स्कोरमा गुल्शन झा आउट भए भने सन्दीप लामिछाने खातै नखोली फर्किउ । नवौं विकेटको रुपमा १०४ रनको स्कोरमा कुशल मल्ल भए भने लगत्तै ललित राजवंशी पनि आउट हुँदै नेपालको पुरै टीम अलआउट भयो ।
नेपालका लागि कुशल भुर्तेलले ८ रन, आशिफ शेखले ५ रन, आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन, गुल्सन झाले १३ रन, दिपेन्द्र सिंह ऐरीले ३ रन, कुशल मल्लले ६ रन, करण केसीले ७ रनको योगदान दिए । कप्तान पौडेल, सन्दीप लामिछाने तथा ललित राजवंशी शून्य रनमा आउट भए ।
पाकिस्तानका लागि शादाब खानले सर्वाधिक चार विकेट लिए भने शाहीन शाह अफ्रीदी तथा हरिश रौफले समान दुई विकेत तथा नसीम शाह तथा मोहम्मद नवाजले समान एक विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल आगामी सोमबार भारतविरुद्ध खेल्दैछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...