काठमाडौंको पेप्सिकोला सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं– पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा शसस्त्र प्रहरी बल नं। २० बिपद् उद्दार उपत्यका गण, सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो । स्कुटरमा रहेकी सशस्त्र प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै स्कुटरमा सवार घाइते जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार जडीबुटीबाट पेप्सीकोला आउँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको भट्टले बताउनुभयो । उहाँका अनुसार बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशातर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा बा प्र ०२ ०३७ प ५३११ नम्बरको स्कुटर र बा प्र ०२ ०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोक्किई भएको सवारी दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पतालमा लगिएको जनाइएको छ। दुर्घटना बिहान ८ बजेतिर भएको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...