काठमाडौंको पेप्सिकोला सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं– पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा शसस्त्र प्रहरी बल नं। २० बिपद् उद्दार उपत्यका गण, सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो । स्कुटरमा रहेकी सशस्त्र प्रहरी जवान थापाको उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै स्कुटरमा सवार घाइते जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार जडीबुटीबाट पेप्सीकोला आउँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको भट्टले बताउनुभयो । उहाँका अनुसार बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशातर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा बा प्र ०२ ०३७ प ५३११ नम्बरको स्कुटर र बा प्र ०२ ०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोक्किई भएको सवारी दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पतालमा लगिएको जनाइएको छ। दुर्घटना बिहान ८ बजेतिर भएको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...