वुमेन्स ट्वान्टी–२० विश्वकप छनोट: भुटानविरुद्ध नेपालको जीत

काठमाडौं– नेपालले आईसीसी वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा आइतबार भुटानलाई तीन विकेटले पराजित गरेको छ । यो जीतसंगै नेपालले लगातार तीन खेलमा जीत हासिल गरेको छ । जीतका लागि ४० रनको लक्ष्य पाएको नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर ४१ रन बनायो । यो जीतपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । नेपालको छ अंक भएको छ । यसअघि नेपालले मलेसिया र बहराइनलाई हराएको थियो । मलेसियामा भएको आजको खेलमा नेपाली टीमकी कप्तान अविजित रुबिना क्षेत्रीले १२ रन बनाइन् । क्षेत्रीले एक चौका प्रहार गरिन् ।
आजको खेल जित्न नेपालले मैदानमा केही क्षण संघर्ष गर्नु परेको थियो । नेपालले १६ रन बनाउँदासम्म पाँच विकेट गुमाइसकेको थियो । कविता कुँवर, अस्मिता कर्माचार्य, इन्दु बर्मा तथा सम्झना खड्का शून्यमा आउट भएपछि एक समय नेपालमा संकटमा फसेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा आठ विकेट गुमाएर ३९ रन बनाएको थियो । त्यसमा कप्तान डिचेन वाङ्गमोले २१ रन बनाइन् । डिचेनलले ४४ बलको सामना गर्दै एक चौका पनि प्रहार गरिन् । नेपाली बलरमध्ये पूजा महतोले तीन तथा कविता कुँवर, खुसी डंगोल तथा कप्तान रुबिना क्षेत्रीले समान एक विकेट लिए ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...