वुमेन्स ट्वान्टी–२० विश्वकप छनोट: भुटानविरुद्ध नेपालको जीत

काठमाडौं– नेपालले आईसीसी वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा आइतबार भुटानलाई तीन विकेटले पराजित गरेको छ । यो जीतसंगै नेपालले लगातार तीन खेलमा जीत हासिल गरेको छ । जीतका लागि ४० रनको लक्ष्य पाएको नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर ४१ रन बनायो । यो जीतपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । नेपालको छ अंक भएको छ । यसअघि नेपालले मलेसिया र बहराइनलाई हराएको थियो । मलेसियामा भएको आजको खेलमा नेपाली टीमकी कप्तान अविजित रुबिना क्षेत्रीले १२ रन बनाइन् । क्षेत्रीले एक चौका प्रहार गरिन् ।
आजको खेल जित्न नेपालले मैदानमा केही क्षण संघर्ष गर्नु परेको थियो । नेपालले १६ रन बनाउँदासम्म पाँच विकेट गुमाइसकेको थियो । कविता कुँवर, अस्मिता कर्माचार्य, इन्दु बर्मा तथा सम्झना खड्का शून्यमा आउट भएपछि एक समय नेपालमा संकटमा फसेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा आठ विकेट गुमाएर ३९ रन बनाएको थियो । त्यसमा कप्तान डिचेन वाङ्गमोले २१ रन बनाइन् । डिचेनलले ४४ बलको सामना गर्दै एक चौका पनि प्रहार गरिन् । नेपाली बलरमध्ये पूजा महतोले तीन तथा कविता कुँवर, खुसी डंगोल तथा कप्तान रुबिना क्षेत्रीले समान एक विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...