संविधानसभाका अध्यक्ष तथा एमाले नेता सुवास चन्द्र नेम्बाङको निधन

काठमाडौं– संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा सोमबार मध्यराति हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले पुष्टि गरेका छन् । नेम्बाङलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राति साढे १ बजे अस्पताल पुर्याइएका नेम्वाङको बिहान चार बजेको आसपासमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमै राखिएको छ ।
उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।अहिले प्रधानमन्त्री पुष्प कमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका नेता अहिले शिक्षण अस्पतालमा छन् ।
७० वर्षीय नेम्बाङको जन्म इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । उनले कानुनमा स्नातक (बीएल) गरेका थिए । संविधानसभा अध्यक्ष हुनुअघि उनी यसअघिको व्यवस्थापिका संसदको पनि सभामुख थिए ।
त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालेका थिए । २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भएका थिए । कानुन व्यवसायीका रुपमा परिचित नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवको भएका थिए । उनी २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष समेत भए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...