बिरेन्द्र मल्लको अध्यक्षतामा अरेञ्ज नेप्लिज कम्युनिटी गठन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ २७, २०८०
सिड्नी अष्ट्रेलिया । न्यु साउथ वेल्स अष्ट्रेलियाको रिजनलमा पर्ने अरेन्ज क्षेत्रमा बसोबास गर्ने नेपालीहरु दुख सुखमा परिपुरक बन्ने र नेपाली समुदाय देखि नेपाल सम्म गार्हो सार्हो पर्दा सहयोग एबं  परोपकारितामा हात बढाउने पवित्र उदेश्यका साथ संस्थागत रुपमा जुटेका छन् ।  गत १० सेप्टेम्बरको दिन उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरु को एक भेलाले लामो समय उक्त क्षेत्रमा बसोबास गरेका सबैका दुख सुखका साथी बिरेन्द्र मल्लको अध्यक्षतामा अरेञ्ज नेप्लिज कम्युनिटी गठन गरेको छ । कम्युनिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा अर्जुन पन्थ, महासचिबमा किरण पाण्डे, सचिबमा सुनिता पाण्डे, कोषाध्यक्षमा अमित थापा, सहकोषाध्यक्षमा आस्मा पौडेल, सदस्यहरु मा कबिन्द्र खड्का, भुषण शर्मा, नरेश थापा, बिमल कंडेल, रुद्र घले, बिजय थापा, बिमल शर्मा, अनुप गुरुङ, राजेश लामा र नारायण कंडेल चयन हुनु भएको छ।
संस्थाले  कानुनी सल्लहाकारको जिम्मेवारी कल्पित पराजुलीलाई दिएको छ । यसै गरि संस्थाले सल्लहाकारहरुमा डा डिल्ली बन्जाडे, यसोधा घर्ति दुलाल र गोपाल लामालाई सर्बसम्मत मनोनयन गरेको छ।