६० केजी सुन तस्करी प्रकरण: सिआइबीले सरकारी वकिल कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं– ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ दिन लगाएर तयार पारेको अध्ययन प्रतिवेदन जिल्ला सरकारी वलिकको कार्यालयमा बुझाएको छ । सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । जसमा ३२ जना हिरासतमा छन् ।
हिरासतमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, कार्गो एजेन्ट ४, ट्याक्सी चालक, भाषा अनुवादक १, सुन व्यवस्थापनका लागि कम्पनी खोल्ने र मालबस्तु व्यवस्थापन गर्ने २/२ जना, सुनको कारोबारमा संलग्न ११ जना सहित २३ जना नेपाली र ९ विदेशी नागरिक रहेका छन् । १८ जना अझै फरार रहेको सीआइबीले जनाएको छ ।
बुधबार पत्रकार सम्मेलनमार्फत सीआइबी प्रमुख किरण वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन गलाएर उक्त अनुसन्धान गरेको जानकारी दिइन् । सीआईबीले विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेका चिनियाँ नागरिक दाओजिन वाङलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...