एसोसिएसन अफ नेपाल तराइ इन अष्ट्रेलियाको साधारणसभा सम्पन्न 

रजिंत शाहको अध्यक्षतामा नयाँ कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, भदौ ३०, २०८०
नेपालको तराइ क्षेत्रबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय अध्यायन एबं अध्यापनमा रहेकाहरु बिच साथ सहयोग र भाइचारा बढाउने उदेश्यले साझा चौतारीको रुपमा स्थापित एसोसिएसन अफ नेपाल तराइ इन अष्ट्रेलिया (एन्टा) को बार्षिक साधारणसभा गत १० सेप्टेम्बरका दिन सिड्नीको ग्र्यानभिलमा सम्पन्न भएको छ।
साधारणसभाले रजिंत शाहको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । साधारण सभाले परमानन्द साहलाई उपाध्यक्षमा, विकास झालाई महासचिबमा, सुरेन्द्र साहलाई कोषाध्यक्षमा, कार्यक्रम संयोजकमा राकेश साह र सह-कोषाध्यक्षमा रंजित दासलाई सर्वसम्मत चयन गरेको छ । यसै गरि संस्थाका कार्यसमिति सदस्यहरुमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह सर्बसम्मत चयन भएका छन्।