एसियाली खेलकुद: क्वाटर फाइनलमा नेपालले भारतसँग खेल्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज १५, २०८०

काठमाडौं– १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटर फाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । यसअघि पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटर फाइनलमा स्थान बनाएको नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्ने पक्का भएको हो ।

नेपालले हालै मात्र एसिया कपमा भारतसँग खेलेको थियो । प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटर फाइनलमा स्थान दिइएको थियो ।