उपराष्ट्रपति चीन तथा उपप्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं— उप–राष्ट्रपति नन्दबहादुर पुन तथा उप—प्रधानमन्त्री कमल थापा एकै दिन दुई छिमेकी मुलुकको भ्रमणमा निस्किएका छन् । आज शुक्रवार उप–राष्ट्रपति पुन उत्तरी छिमेकी चीनको भ्रमणमा निस्किएका हुन् भने उप–प्रधान तथा परराष्ट्र मन्त्री थापा दक्षिणी छिमेकी मुलुक भारत प्रस्थान गरेका हुन् ।
चीन सरकारको निमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गरेका हुन् । ११ सदस्य टोलीको नेतृत्व गर्दै आज बिहान ११ बजे चीनतर्फ प्रस्थान गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिएका छन् । एयर चाइनको उडानबाट छेन्दु प्रस्थान गरेका उनी छेन्दुबाट राती ११:१५ बजे यून्नान प्रान्तको कुन्मिङ पुग्ने छन् । सात दिने भ्रमणका क्रममा पुनले चौथो चीन–दक्षिण एसिया मेला, २४ औं चीन–कुन्मिङ आयात निर्यात व्यापार मेला तथा सोही दिन चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रमन्त्री थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् । भारतमा रहँदा परराष्ट्र मन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसंग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । नयाँदिल्ली प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा मन्त्री थापाले आफ्नो दुई दिने भारत बसाइमा भारतको नेतृत्व तह र पदाधिकारीहरुसंग दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्ने विषयमा विचारको आदानप्रदान हुने जानकारी दिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...