धुलिखेल अस्पताल सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता

काठमाडौं– धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झण्डै तीन अर्ब रुपैयाँ लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । नेपाल सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि करिव २ अर्ब ९५ करोड रुपैयाँको अनुदान सहयोग खर्च गर्ने सम्झौतामा बिहिवार हस्ताक्षर भएको हो ।
बिहीबार अर्थ मन्त्रालयमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डाक्टर कृष्ण हारी पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् । यस्तै अनुदान सम्झौतामा नेपाल सरकार र जाइकाका तर्फबाट क्रमशः अर्थ मन्त्रालय महाशाखाका सहसचिव अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय समिति श्रीकृष्ण नेपाल र जाइका नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन् ।
यो परियोजनाले तीव्र गतिमा बढ्दो आघात र सङ्क्रमणका लागि चिकित्सा सेवाहरूलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । नेपालमा आकस्मिक विरामीहरुका लागि धुलिखेल अस्पतालमा ऊर्जा कक्ष सञ्चालन , एक आईसीयू र बाहिरी बिरामी परामर्श कक्ष सहित ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई सीटीस्क्यान र एक्सरे मेसिन उच्च स्टीम स्टेरिलाइजर आदि मेडिकल उपकरण उपलब्ध गराई स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । सम्झौता कार्यान्वयन भएको अवधिले ४८ महिना भित्र परियोजना सम्पन्न गरिसक्नुपर्ने छ । अर्थात् अवको चार वर्षभित्र परियोजना सम्पन्न हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...