इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन एनआरएनएको आग्रह

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले इजरायलमा शनिबार बिहान ९७ अक्टोबर २०२३० भएको आतंकवादी आक्रमणको घोर भत्सर्ना गर्दै यस विषम् घडीमा इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गर्ने जनाएको छ । एनआरएनएले एक प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ– ‘गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’
‘ंआक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्मार्फत हामीले जानकारी लिएका छौँ, विज्ञप्तीमा भनिएको छ– ‘हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपालीहरु रहेका मध्ये ९ जना घाइते भएका हुन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहिन छन् । आक्रमण प्रभावित नेपालीहरुको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।’
गैरआवासीय नेपाली संघको इजरायलस्थित राष्ट्रिय समन्वय परिषद् आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको छ । नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको छ । यस गम्भीर स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन र त्यहाँस्थित सरकारी अधिकारीहरूको निर्देशन तथा सुरक्षा उपायहरू पालना गर्न अनुरोध गर्दै एनआरएनले नेपालस्थित समस्त अभिभावकहरुलाई पनि धैर्यता राख्न र संयमता अपनाउन अनुरोध गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...