आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौं– आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । पछिल्लो समय मानिसहरुमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरैमात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न, रमाउन र बाँच्न नै बिर्सिन्छ । कतिपय व्यक्तिहरू डिप्रेसनको शिकार हुने गरेका छन् । यो समस्या दिनानुदिन बढ्दै गएको छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकांक्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् ।
मानसिक स्वास्थ्यलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ ।
स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ । यसको पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । तर, यी सबै चरणका मानसिक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन् । बढी एकान्त रुचाउने, मन स्थिर नहुने, मनको भँडासलाई कराएर निकाल्न मन लाग्नु मानसिक स्वास्थ्य समस्याको केही लक्षण हुन् । बढी तनाव दिनले पनि मानसिक समस्या हुनसक्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...