इजरायलबाट स्वदेश फर्किए २५४ जना नेपाली

काठमाडौं– इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् । द्वन्द्वग्रस्त इजरायलको बेनगुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपालवायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो । हिजो अपरान्ह उडेको जहाज शुक्रबार बिहान करिब पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
युद्धग्रस्त क्षेत्रबाट फर्किएका आफ्ना छोरा–छोरीलाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू आफ्ना सन्तानहरुलाई अँगालो हालेर रोइरहेका देखिन्थे ।
बिहिबार बिहान करिव चार बजे इजरायल उडेको विमान झण्डै २४ घण्टापछि नेपालीहरुको उद्धार गरी काठमाडौं फर्किएको हो । परराष्ट्रमन्त्रीएनपी साउदको नेतृत्वमा नेपाल एयरलाइन्सको विमान इजरायलमा जोखिममा रहेका नेपालीको उद्धारका लागि पठाइएको थियो । वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रुू मेम्बरले उद्धार उडान भरेका हुन् । हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...