नेपालको अर्थतन्त्र लयमा फर्किरहेको अर्थमन्त्रीको दावी

काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको दावी गरेका छन् । सोमबार काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले पुरै विश्व नै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताए । अनेकन समस्याका बाबजुद अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको उनको दावी छ ।
‘अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ । त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् ।’ यस्तै, उनले देशमा आर्थिक मन्दी छाएको भन्दै यसलाई सुधार गर्नको लागि सबैले आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
अर्थमन्त्री महतको भनाइ छ – ‘अर्थतन्त्रको सुधार अर्थ मन्त्रालयले मात्रै गरेर सम्भव हुँदैन । जसको जहाँ जिम्मेवारी छ, राज्य संयन्त्रमा भएको संस्था, निजी क्षेत्र सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । यो भयो भने केही सुधार हुन्छ भन्ने विश्वास छ ।’ त्यस्तै उनले स्रोत र साधनको अभावले सशक्तिकरणको अभियानले पूर्णता पाउन नसकेको भन्दै सरकारले आवश्यक प्रयास गरिरहेको बताए ।
उनले भने– ‘व्यवहारमा स्रोत र साधनको अभावले जति सशक्त ढङ्गबाट सशक्तिकरण गर्ने जुन अभियान छ, त्यसलाई पूर्णता दिन सक्या छैन । तर हाम्रो सम्पूर्ण प्रयास यो पछाडि परेको सशक्तिकरणको अभियानमा हामी केन्द्रित हुनेछौं । अवरोधहरु हटाएर सहज वातावरण सिर्जना गर्ने कुरामा संविधानले पनि अधिकार सुनिश्चित गरेको छ । अर्थमन्त्रीको हैसियतले तपाईँहरुको यो अभियानमा कसरी सहयोग गर्न सक्छौ त्यसको लागि म सधैँ तत्पर छु ।’ उनले आर्थिक पत्रकारिताको क्षेत्रमा महिलाहरुको भूमिकाको बढाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसलाई अझ प्रभावकारी तरिकाले अगाडि बढाउनु पर्ने बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



