एनआरएनए अध्यक्ष केसी र शर्माबीच भेटवार्ता, शर्माको पुनः निर्वाचनको अड्डीले छलफल निष्कर्षविहीन

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादकाबीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । नवनिर्वाचित अध्यक्ष डा.बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ काठमाडौंमा भेटवार्ता भएको हो । भेटका क्रममा डा. केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन् । केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको छ । तर, शर्माले पुनर्निर्वाचन नभएसम्म अरु विकल्पमा सोच्न नसकिने भन्दै केसीले नयाँ विज्ञप्ति निकाल्नुपर्ने अड्डी कसेका छन् ।
केसीसँगको भेटपछि शर्माले भने- ‘भेटमा मैले निर्वाचन त्रुटिपूर्ण रह्यो, पुनर्निर्वाचन भयो भने सोच्न सकिन्छ, यसको अरु विकल्प छैन भनेर स्पष्ट कुरा राखेको छु । २० तारिखको सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर हामीले वैधानिक ढंगले कार्यक्रम गरेर मेरो नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेका छौँ । एनआरएनएको माया उहाँमा छ भने पुनर्निर्वाचनका लागि उहाँ तयार हुनुपर्छ ।’
निर्वाचन परिणाममा धेरै त्रुटि भेटिएको रमतदातामा पनि निर्वाचन पारदर्शी नभएको परेकोले एनआरएनएलाई पुरानै शाखमा फर्काउन पुनर्निर्वाचनको विकल्प नभएको केसी पक्षले दाबी गर्दै आएको छ । करिब ३० मिनेट लामो छलफलका क्रममा केसीले मिलेर जाने प्रस्ताव गरेपनि अहिलेको अवस्थामा मुल मुद्दा सम्बोधन नभएकालेशर्माले उनको प्रस्तावलाई अस्वीकार गरेको एनआरएनएका नेता डीबी क्षेत्रीले जानकारी दिए ।
शर्मासँग भेटका लागि केसी एक्लै पुग्दा उनका चुनावी कमाण्डर समेत रहेका क्षेत्री साथमा थिए । ‘म र आरके शर्माले चुनावमा अनियमितता भयो, त्यसलाई सच्याएर जानु भनेको पुनर्निर्वाचन हो भन्ने कुरा उहाँसँग स्पष्ट राखेका छौँ’, क्षेत्रीले भने, ‘यद्यपि हामीहरुबीचमा कुनै समझदारी बन्न सकेन ।’
कात्तिक ३ गतेको (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी गरी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए । तर, ४ गते केसी विजयी भएको घोषणा गरेर अध्यक्षको शपथ लिएका थिए ।
दुवै पक्षले गरेको सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिएपनि केसीले अध्यक्ष पदको शपथ लिएपछि शर्मा समूह चिढिएको हो । लगत्तै अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समेतको समर्थनमा केसी इतर पक्षले महाधिवेशनको बाँकी प्रक्रिया पुरा गरेर आरके शर्मालाई अध्यक्ष चयन गरेको थियो । केसी अवैध बाटोबाट अध्यक्ष चुनिएको र आफूहरु नै आधिकारिक रहेको शर्मा पक्षधरले बताउँदै आएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...