त्रिकोणात्मक टी–२० आई शृङ्खलाको उपाधि युएईलाई, नेपाल चार विकेटले पराजित

काठमाडौं– त्रिकोणात्मक टी–२० आई शृङ्खलाको उपाधि युएईले जितेको छ । नेपालले यूएईलाई दिएको १ सय ६३रनको लक्ष्य यूएईले ६ विकेटको क्षतिमा पुरा गरेको हो । त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर १६२ रन बनायो । १ सय ६३ रनको लक्ष्य पछ्याएको युएईका लागि ओपनर ब्याट्सम्यानद्वय क्याप्टेन मोहम्मद वसीम र आर्यन शर्माले ७१ रनको बलियो साझेदारी गरे ।
२२ बलको सामना गरेका मोहम्मद वसीमले २ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाउँदा उनका साझेदार शर्माले २६ बलमा २५ रन जोडे । निकै राम्रो व्याटिङ गरिरहेका क्याप्टेन वसीमलाई नेपाली बलर गुल्सन झाले आउट गराए । नेपालका लागि अविनास बोहरा र गुल्सन झाले समान दुई विकेट लिए । कुशल मल्लले १ विकेट लिए । २५ बल खेलेर २६ रन जोडेका वृतिया अरविन्द रुद्रावेललाई दिपेन्द्र सिंह ऐरिले रन आउट गराए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भूर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए ।
आक्रमक इनिङ खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । कुशल पनि अर्धशतक बनाए लगत्तै आउट भए । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ सम्हाल्ने प्रयास गरे । दुबैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुबै जना आउट भए । १८ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले १७ रन, दिपेन्द्र सिंह ऐरिले १५ बल खेल्दा २० रन, सन्दीप जोराले १० बलमा १० रन, गुल्छन झाले ८ बलमा ५ रन बनाउँदा क्याच आउट भए ।
यूएईका आयान खानले तीन विकेट लिँदा अली नासीर र जाहुर खानले समान दुई विकेट लिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



