महासचिव गुटेरस नेपालमा, राष्ट्रपतिसहित शीर्ष नेतासँग शिष्टाचार भेट गर्ने

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस चार दिने भ्रमणका लागि नेपाल आएका छन् । गए राति एक बजे उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । गुटरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमा स्वागत गरे । गुटेरसले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसपछि भने उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताद्वय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संघीय संसद् भवन नयाँ बानेश्वरमा छुट्टा–छुट्टै भेट गर्नेछन् । त्यस्तै उनले आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
राजनैतिक नेतृत्वसँगको शिष्टाचार भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने तय छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।
गुटेरस चार दिने भ्रमणका क्रममा नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...