टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरविरुद्ध नेपालको प्रभावशाली जीत

काठमाडौं– विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले उत्कृष्ट जीत हासिल गरेको छ । सिंगापुरले दिएको १४६ रनको विजयी लक्ष्यलाई नेपालले दुई विकेटको क्षतिमा २१ बल बाँकी छँदै पुरा गरेको हो । योसंगै नेपालले आजको खेल ८ विकेटले जितेको हो । नेपालको जीतमा ओपनर कुशल भूर्तेलको महत्वपूर्ण भूमिका रह्यो । उनले विष्फोटक व्याटिङ गर्दै ७४ रन बनाए ।
भूर्तेलले ४८ बलमा ८ चौका तथा दुई छक्काको सहयोगमा ७४ रन बनाएका हुन् । उनले पहिलो विकेटका लागि २७ रनमा आउट भएका आशिफ शेखसंग ८४ रनको साझेदारी गरेका थिए । कप्तान रोहित पौडेलले २४ बलमा अविजित ३५ रन बनाए । उनले दुई चौका तथा दुई छक्काको सहयोगमा यो रन बनाएका हुन् । भूर्तेल आउट भएपछि मैदानमा उत्रिएका कुशल मल्लले पहिलो बलमै छक्का प्रहार गरेर टीमलाई जीत दिलाएका हुन् । नेपालले १६.३ ओभरमा दुई विकेटको क्षतिमा १४७ रन बनाउँदै यो खेल जितेको हो ।
आजको खेलमा टस जितेर सिंगापुरले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भरखरै सम्पन्न पहिलो इनिङमा सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो । सिंगापुरका ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए भने मनप्रीत सिंहले २४ तथा आर्यवीर चौधरीले ३७ रनको योगदान दिए । नेपालका अभिनाष बोहोराले सर्वाधिक तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने तथा गुलसन झाले समान दुई विकेट लिए ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेतादुई टोली सेमिफाइनल पुग्नेछन् । नेपाली टोलीमा आज सन्दीप लामिछाने पनि खेलिरहेका छन् । केही दिनअघि सम्पन्न त्रिकोणात्मक सीरीज नखेलेका उनी एशिया कप छनोट खेलमा भने सहभागी भएका हुन् । क्यानले खेलाडी परिवर्तन गर्दै नेपाली टोलीमा ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । अरु खेलाडी भने परिवर्तन भएको छैनन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...