टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरविरुद्ध नेपालको प्रभावशाली जीत

काठमाडौं– विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले उत्कृष्ट जीत हासिल गरेको छ । सिंगापुरले दिएको १४६ रनको विजयी लक्ष्यलाई नेपालले दुई विकेटको क्षतिमा २१ बल बाँकी छँदै पुरा गरेको हो । योसंगै नेपालले आजको खेल ८ विकेटले जितेको हो । नेपालको जीतमा ओपनर कुशल भूर्तेलको महत्वपूर्ण भूमिका रह्यो । उनले विष्फोटक व्याटिङ गर्दै ७४ रन बनाए ।
भूर्तेलले ४८ बलमा ८ चौका तथा दुई छक्काको सहयोगमा ७४ रन बनाएका हुन् । उनले पहिलो विकेटका लागि २७ रनमा आउट भएका आशिफ शेखसंग ८४ रनको साझेदारी गरेका थिए । कप्तान रोहित पौडेलले २४ बलमा अविजित ३५ रन बनाए । उनले दुई चौका तथा दुई छक्काको सहयोगमा यो रन बनाएका हुन् । भूर्तेल आउट भएपछि मैदानमा उत्रिएका कुशल मल्लले पहिलो बलमै छक्का प्रहार गरेर टीमलाई जीत दिलाएका हुन् । नेपालले १६.३ ओभरमा दुई विकेटको क्षतिमा १४७ रन बनाउँदै यो खेल जितेको हो ।
आजको खेलमा टस जितेर सिंगापुरले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भरखरै सम्पन्न पहिलो इनिङमा सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो । सिंगापुरका ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए भने मनप्रीत सिंहले २४ तथा आर्यवीर चौधरीले ३७ रनको योगदान दिए । नेपालका अभिनाष बोहोराले सर्वाधिक तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने तथा गुलसन झाले समान दुई विकेट लिए ।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेतादुई टोली सेमिफाइनल पुग्नेछन् । नेपाली टोलीमा आज सन्दीप लामिछाने पनि खेलिरहेका छन् । केही दिनअघि सम्पन्न त्रिकोणात्मक सीरीज नखेलेका उनी एशिया कप छनोट खेलमा भने सहभागी भएका हुन् । क्यानले खेलाडी परिवर्तन गर्दै नेपाली टोलीमा ललित राजवंशीको स्थानमा सन्दीप आएका हुन् । अरु खेलाडी भने परिवर्तन भएको छैनन् ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...