‘संक्रमणकालिन न्यायलाई टुङ्गोमा पुर्याउने कुराले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्नेछ’: एन्टोनियो गुटरेस

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संक्रमणकालिन न्यायलाई टुङ्गोमा पुर्याउने कुराले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । मंगलबार संघीय संसदका दुबै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्दै गुटेरेसले नेपालको अन्तिम दिशामा हरेको नेपालको शान्ति प्रक्रिया पुरा गर्न संक्रमणकालिन न्याय निरुपणमार्फत सहयोग पुग्ने विश्वास व्यक्त गरे । तर यो प्रक्रिया त्यति सहज नभएको उनको भनाई छ । तर अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे । शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन काममा नेपाल एक्लो नरहेको उनको भनाई छ ।
उनले भने- ‘अन्तर्राष्ट्रिय मापदण्डहरू, सर्वोच्च अदालतको निर्णयहरू र पीडितहरूको आवश्यकताहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन संयुक्त राष्ट्रसंघ तपाईंलाई सहयोग गर्न तयार छ ।’ त्यस्तै उनले नेपाल र संयुक्त राष्ट्र संघ पुरानो मित्र भएको दोहोर्याउँदै गहिरो सहकार्य रहेको स्मरण गरे । उनले क्षेत्रफलका हिसावले सानो भएपनि नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले भने- ‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । पृथ्वीका सबै देशहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो देश हो।नेपाली जनताको समर्पण, साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु ।’
गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको असरबारे विश्वको ध्यानाकर्षण गराउने बताए । नेपालको संघीय संसदको दुबै बैठकलाई मंगलबार सम्बोधनगर्दै उनले, आफूले नेपालभ्रमणकाक्रममा धेरै कुरा नजिकबाट देखेको र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई सहयोग पुग्ने गरी भूमिका खेल्न तयार रहेको बताए । उनले नेपाल भ्रमणका क्रममा आफूले पाएको आतिथ्यताप्रति आफू निक्कै प्रभावित भएको भन्दै अवसरका लागि सरकारलाई धन्यवाद दिए । उनले भने ‘जलवायु परिवर्तनमा नेपालले जे भोगिरहेको छ । त्यसमा सहयोगकालागि म प्रतिबद्ध छु ।’
त्यस्तै उनले इजरायल आक्रमणमा ज्यान गुमाएका परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै र कब्जामा रहेका विपिन जोशीको रिहाका लागि ध्यानाकर्षण गराए । नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सहयोगका लागि संयुक्त राष्ट्रसंघको साथ रहने बताए । संयुक्त राष्ट्रसंघ र नेपाल पुरानो साथीभएको बताउँदै उनले थप सहयोग र सहकार्यको अपेक्षा गरे ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...