नेपालको औपचारिक भ्रमण पुरा गरेर फर्किए संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस

काठमाडौं- नेपालको चारदिने औपचारिक भ्रमण सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आज न्युयोर्क फर्किएका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाई गरे । विमानस्थलमा उनको विदाइका लागिपरराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
उनी कतार एयरवेजको उडानमार्फत बिहान १० बजेपछि न्युयोर्क प्रस्थान गरेका हुन् । न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए । आइतबार राति काठमाडौं आइपुगेका गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड, सभामुख देवराज घिमिरे,गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका राजनीतिक दलका नेताहरू, र मन्त्रीलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
नेपाल बसाइका क्रममा उनले आइतबार उपत्यकाको पाटन दरबार स्वायर क्षेत्रसँगै उपत्यका बाहिर पोखरा, सोमबार सोलुखुम्बुको सगरमाथा क्षेत्र मंगलबार अन्नपुर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेका थिए । मंगलबार सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पुगेका महासचिव गुटरेसले शान्ति भूमि लुम्बिनीबाट इजरायल–हमासयुद्ध रोक्नु पर्ने, म्यानमार, सुडान लगायतका राष्ट्रमा भएको अशान्ति हटाउन अपिल गरे ।
संघीय संसदको दुवै सदनलाई मंगलबार साझ सम्बोधन गरेका महासचिवले संक्रमणकालीन न्यायको केन्द्रमा पीडितलाई राखेर टुङ्याउनु पर्ने, नेपालमा जलवायु परिवर्तनको असर विनाशकारी रहेको र त्यसमा आफूले साथ दिने एवं विश्वशान्तिका लागि नेपालको योगदान प्रशंसनीय रहेको भन्दै मुख्यगरी तीन सन्देश दिएर फर्किएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...