यूएईलाई हराउँदै नेपाल टी२० विश्वकपका लागि छनोट

काठमाडौं– यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल अर्को वर्ष अमेरिका तथा वेस्टइन्डीजमा आयोजना हुने टी२० विश्वकपका लागि छनोट भएको छ । मुलपानी क्रिकेट स्टेडियममा यूएईले दिएको १३५ रनको लक्ष्यलाई नेपालले १७.१ ओभरमै पुरा गरेको हो । १७ बल बाँकी छँदै आजको खेल जित्नका लागि नेपाली खेलाडीहरुले मैदानमा उत्कृष्ट खेल प्रस्तुत गरे । नेपाली खेलाडीहरुले बलिङमा मात्र होइन ब्याटिङमा समेत आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गर्दै यूएईका खेलाडीलाई आफूमाथि हावि हुन दिएनन् ।
आजको खेलमा नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । उनले ५० बल खेल्दै छ चौका तथा दुई छक्का प्रहार गरे । अर्का ओपनर कुशल भूर्तेल ११ रनमा आउट भएपछि मैदान प्रवेश गरेका गुल्सन झाले २३ बलमा २२ रन बनाए । खेलको उत्तराद्र्धमा कप्तान रोहित पौडेलले २१ बलमा तीन चौका र एक छक्काको सहयोगले अविजित ३५ रन बनाउँदै नेपालको जीत सुनिश्चित गरे ।
त्यसअघि यूएईविरुद्धको अन्तिम ओभरमा कुशल मल्लको शानदार बलिङमा नेपालले आजको खेलमा यूएईलाई १३४ रनमा रोकेको थियो । मुलपानी क्रिकेट स्टेडियममा जारी खेलमा नेपालका स्पिनर मल्लले अन्तिम बलमा पाँच रन दिँदै दुई विकेट लिनुका साथै एक रन आउटका लागि अवसर सिर्जना गरेका थिए । यूईएले अन्तिम ओभरमा जुनैद सिद्धिकी, आयान फजल खान तथा सर्वाधिक रन बनाउने (६४) भृत्य अरविन्दको विकेट गुमाएको थियो । यूएईलाई ९ विकेटमा १३४ रनमा रोक्नका लागि नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । आजको खेलमा सोमपाल कामीले एक विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । रोहित पौडेलेले समेत एक विकेट लिएको आजको खेलमा कुशल मल्लले ११ रन दिएर सर्वाधिक तीन विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...