आज गोवर्द्धन पूजा, म्हपूजा र नयाँ नेपाल सम्वत
काठमाडौं– तिहारको चौथो दिन आज गोवर्द्धन पूजा मनाईँदै छ । आजैका दिन नेवार संस्कृतिअनुसार म्ह पूजा गरिँदैछ भने आजदेखि नयाँ नेपाल सम्वत ११४४ पनि प्रारम्भ हुँदैछ । हाम्रो देश कृषि प्रधान हो । गोरु कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर हो । गोरु भगवान् शिवको वाहन पनि हो । गोपाल शब्दले गाई पाल्ने व्यक्ति गाइको धनी, ग्लावा, गोठाला आदिको पनि वोध हुन्छ । गोपाल भगवान् श्रीकृष्णको पर्यायवाची नाम पनि हो ।
द्वापर यूगमा नै इन्द्रले पानी नपारिदिएकाले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरू अत्यन्त चिन्तित थिए । यो अवस्थामा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वतको पूजा गर्ने सल्लाह दिएका थिए । गोपालहरूले त्यसै गरे, फलस्वरूप वर्षा भयो । सबै अन्न र ऐश्वर्यबाट समृद्ध भए । गाई र गोरुको संख्यामा पनि वृद्धि हुन पुग्यो। यसरी गोरु तिहार पर्व गोवर्द्धन पर्वतसंग गाँसिन पुगेको छ । आजको दिन गोरु तिहारका रूपमा गोरुको पूजा गर्ने गाईको गोबरबाट पहाड निर्माण गरी गोवर्द्धनको कामना गर्दै गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहि आएको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।
नयाँ नेपाल सम्वत ११४४ प्रारम्भ
नेपाल सम्वत ११४४ का अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिँदैछ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता पाएको थियो । लिच्छविकालका राजा राघवदेवको शासन कालदेखि प्रारम्भ भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वतका रुपमा चलेको थियो । लिच्छवि कालअघि शक सम्वत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत भएको जानकारहरुको भनाइ छ ।
विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । गरीव जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौंमा अझै छ ।
म्हपूजा पनि आजै
आज साँझ नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गर्ने परम्परा रहेको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको बताइन्छ । आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको सार्थक हुने धार्मिक विश्वास छ ।
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...