आजदेखि छठ विधिवत रुपमा प्रारम्भ

काठमाडौं– सूर्यको उपासना गरी मनाइने छठ पर्व आजदेखि विधिवत रुपमा प्रारम्भ भएको छ । चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ प्रारम्भ भएको छ । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । चार दिनसम्म विधिपूर्वक मनाइने छठमा परिवार एवं सन्तानको सुख समृद्धिको कामना गरिन्छ ।
श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि शनिबार ब्रतालुले खरना गर्दछन् । खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् ।
बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठि मातालाई चढाउने गर्दछन् । खीर चढाइ सकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् । त्यसलाई खरना भनिन्छ ।
तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ । चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ । आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदा दिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...