अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने

काठमाडौं– नेपालको लोकप्रिय एप हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवाको थालनी गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमवारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो । नेपाल रेमिटेन्स पठाउन सकिने यो सेवाको अमेरिकामा सफल सञ्चालनसँगै अस्ट्रेलियामा समेत प्रारम्भ गरिएको कम्पनीले जनाएको छ ।
‘अस्ट्रेलियामा रहेका ग्राहकको स्वागतार्थ हाम्रो रेमिटेन्स सेवामा पहिलो तीन ओटा कारोबार निःशुल्क गरेका छौं’, हाम्रो पात्रो इंककी फिनटेक निर्देशक सुदीना गौतमले भनिन्– ‘यो अफर अन्तर्गत अस्ट्रेलियामा रहेका नेपालीहरूले हाम्रो पात्रोमार्फत तीन पटकसम्म रेमिटेन्स पठाउँदा कुनै शुल्क लाग्दैन ।’
यससँगै अस्ट्रेलियामा रहेका नेपालीहरूले झन्झटरहित रूपमा छिटो र छरितो ढङ्गले नेपालमा रेमिटेन्स पठाउन सक्ने भएका छन् । हाम्रो पात्रो एपभित्रैबाट यो रेमिटेन्स सेवा प्रयोग गर्न सकिन्छ । कम्पनीले पूर्ण रूपमा डिजिटल तथा नगदरहित सेवाको रूपमा यो सेवा प्रारम्भ गरेको हो । ‘हाम्रो ध्यान पारदर्शी र प्रयोगकर्तामैत्री डिजिटल कारोबारको सुविधा उपलब्ध गराउने तर्फ रहेको छ,’ गौतमले भनिन् – ‘यो सेवा अस्ट्रेलियामा विस्तार गर्न पाउँदा अत्यन्तै उत्साहित छौं ।’ कम्पनीले विश्वको रेमिटेन्स सेवालाई सरल र सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । ‘ग्राहकबाट प्राप्त विश्वास र साथले हामीलाई नियमित वृद्धिको बाटोमा अगाडि बढ्न सघाएको छ’, उनले भनिन् ।
हाम्रो पात्रोको एपमा जाने बित्तिकै त्यहाँ रेमिटेन्स अप्सन देख्न सकिन्छ । त्यसमा थिचेर ग्राहकले रजिस्टर गरी आफ्नो फोटो र आवश्यक अन्य कागजात राखेर केवाईसी भेरिफाई (प्रमाणीकरण) गराउनु पर्ने हुन्छ । अकाउन्ट भेरिफाई गरेसँगै हाम्रो पात्रोको रेमिटेन्स सेवा प्रयोग गर्न सकिन्छ । कम्पनीले क्रमशः अन्य देशहरूमा समेत आफ्नो रेमिटेन्स सेवा विस्तार गर्ने योजना बनाएको छ । त्यस अनुरूप आउँदो नयाँ वर्षसम्म हाम्रो पात्रोको रेमिटेन्स सेवा जापानमा समेत प्रारम्भ हुने अपेक्षा गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...