तीन शीर्ष नेताबीच ‘टीआरसी’ मा सहमति !

काठमाडौं– नेपालका तीन मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले शान्ति सम्झौताका बाँकी कामहरू टुंगोमा पुर्याउनेबारे सहमति गरेको दावी गरिएको छ । शान्ति सम्झौता गरिएको १७ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलवार साँझ उक्त सहमति भएको हो । प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटवार्तामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी) बारे सहमति भएको दावी गरिएको छ ।
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा भएको छ । बालुवाटार स्रोतका अनुसार शान्ति सम्झौताको मर्म अनुसार शान्ति प्रक्रियाको बाँकी कामहरू टुंगोमा पुर्याउनेबारे शीर्ष नेताहरुबीच सहमति जुटेको हो भने सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न पनि उनीहरु सहमत भएका छन् । शीर्ष नेताहरुबीच संघीयता, गणतन्त्र र शान्ति समझौतको मर्म अनुसार आयोग गठन गर्ने र आवश्यक परेको एकीकृत रुपमा अघि बढ्ने सहमति भएको छ ।
संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको उक्त विधेयक आगामी अधिवेशनमा संसद्मा पेस गरेर पारित गर्ने तयारी भइरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पनि नेपाल भ्रमणका क्रममा संघीय संसद्लाई सम्बोधन गर्दै शान्ति प्रक्रियाका काम टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय सहयोग रहने बताएका थिए ।
महासचिव गुटेरेसले टीआरसी पास गर्न दलहरूलाई सुझाव दिएका थिए । यद्यपि, अहिलेसम्म त्यसमा असन्तुष्ट रहेको एमालेले पनि मंगलवार साँझ बालुवाटारमा भएको शीर्ष नेताहरुबीचको भेटवार्तापछि सहमत जनाएको दावी गरिएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...