‘धरपकड र दमनले समस्याको समाधान निस्कँदैन’: लिङ्देन, ओली भन्छन्- ‘मुर्खहरुले मात्र फ्याँकेको राजतन्त्र मान्छन्’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउनु पर्ने बताएका छन् । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि राप्रपाका लिङ्देनको यस्तो प्रतिक्रिया आएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा लिङ्देनले लेखेका छन्– ‘हक विपरित आज काठमाडौंमा भईरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन् ।’ ‘धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन । सरकारले आफुलाई तत्काल सच्याओस ।’
यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने कुरा चेतना नभएर मुर्खता भएको उनले बताए । ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने बताउँदै नेपालमा राजतन्त्र काम लाग्दैन भनेर जनताले फालेको बताए ।
‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’ उनले यो देशमा २० सालभन्दा अगाडिसम्म एउटा बाटो नबन्नुको कारण के ? अनि विकास हुनै नसक्नुको कारण के ? भन्ने प्रश्नसमेत गरे । २४० वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको बताउँदै उहाँले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी समेत गरे ।
मेडिकल व्यवसायि दुर्गा प्रसाईंले बिहिवार काठमाडौंको बल्खु केन्द्रित प्रदर्शन गरेका थिए भने आज तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । यद्यपि, आज बिहानैदेखि उनलाई प्रहरीले भक्तपुरको ठिमीस्थित निवासमै नजरबन्दमा राखेको छ भने तीनकुने क्षेत्रबाट उनका समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रमलाई जारी राखेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



