रुसी सेनामा आबद्ध तीन नेपालीको मृत्यु

(रसियन सेनामा भर्ना भएका नेपालीहरु । तस्बिर सौजन्यः टिकटक)
काठमाडौं– रुसी सेनामा आवद्ध तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसंगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का तथा इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो । उनीहरुको नोभेम्बर १५ मै मृत्यु भएको मस्कोस्थित नेपाली दुतावासले पुष्टि गरेको छ ।
रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेको बताइन्छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाबारे रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिएका छन् ।
रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि संलग्न रहेको सूचना बाहिर आइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । रुस–युक्रेन युद्धमा रुसको पक्षबाट लड्न झण्डै दुई सय नेपाली रहेको अनुमान गरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...