कोप–२८ मा सहभागिता जनाउन दुवई पुगे प्रधानमन्त्री

दुवई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागिता जनाउने क्रममा बिहिवार बिहान संयुक्त अरब इमिरेट्सको दुवई पुगेका छन् । उनी बुधवार राति काठमाडौंबाट दुवईतर्फ प्रस्थान गरेका थिए । दुवईमा आज बिहीबारदेखि प्रारम्भ हुने कोप–२८ का लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल दुवई पुगेका हुन् ।
आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ । कोप–२८ मा सहभागितासँगै अति कमविकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षताको प्रतिनिधित्व गरी जलवायु परिवर्तनले अति कमविकसित देशहरुमा पारेको असरलाई उल्लेख गर्दै जलवायुजन्य न्याय र क्षतिपूर्तिका लागि सशक्त रुपमा आवाज उठाउने तयारी गरेको छ । कोप–२८ मा नेपालमा जलवायु परिवर्तनबाट परेको असर र त्यसको प्रभावको दृष्टान्त सम्मेलनमा देखाउने तयारी नेपालले गरेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको टोलीमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोसँगै सरकारी अधिकारीहरु छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...