नेपालमा बढे विदेशी पर्यटक

काठमाडौं– सन् २०२३ को ११ महिनामा नेपालमा नौ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म ९ लाख १८ हजार तीन सय ८ जना पर्यटन नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार ६ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।
गत अक्टोबर महिनामा हाल सम्मकै बढी एक लाख १७ हजार तीन सय ६ जना पर्यटक नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने संकेत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । उक्त अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । अमेरिकाबाट ११ हजार चार सय ६१, उत्तरी मुलुक चीनबाट सात हजार ६ सय एक, बेलायतबाट ६ हजार एक सय ३८ तथा अस्ट्रेलियाका पाँच हजार ६० जना पर्यटन नेपाल भ्रमणमा आएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...