नेपालमा बढे विदेशी पर्यटक

काठमाडौं– सन् २०२३ को ११ महिनामा नेपालमा नौ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म ९ लाख १८ हजार तीन सय ८ जना पर्यटन नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार ६ सय ३० विदेशी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।
गत अक्टोबर महिनामा हाल सम्मकै बढी एक लाख १७ हजार तीन सय ६ जना पर्यटक नेपाल भ्रमण गरेका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने संकेत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । उक्त अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । अमेरिकाबाट ११ हजार चार सय ६१, उत्तरी मुलुक चीनबाट सात हजार ६ सय एक, बेलायतबाट ६ हजार एक सय ३८ तथा अस्ट्रेलियाका पाँच हजार ६० जना पर्यटन नेपाल भ्रमणमा आएका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...