सरकारले एनसेलको शेयर खरिद-बिक्री प्रकृया छानबिन गर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारले छानबिन गर्ने भएको छ । उक्त कम्पनीको शेयर खरिदबिक्रीका विषयमा सञ्चारमाध्यमहरुमा आएका समाचारले ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेतासँगै सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन । सरकारका प्रवक्तासमेत रहेकी उनले यसबारे प्रेस विज्ञप्ति पनि जारी गरेकी छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री दाहालले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको विज्ञप्तिमा छ ।
‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउने पनि उल्लेख छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...