एनसेल प्रकरण छानबिनका समिति गठन, एनसेल भन्छ- ‘अहिलेसम्म सबै कर दायित्व पालना गरेको छ’

काठमाडौं– सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम सदस्य छन् । अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य पनि सदस्य छन् । उनी राजस्व महाशाखा प्रमुख पनि हुन् ।
समितिमा सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था ९आइक्यान०का अध्यक्ष सुजनकुमार काफ्ले पनि सदस्य छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन दिनेगरी कार्यादेश दिइएको छ । मलेसियाली कम्पनी आजियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बेलायतमा दर्ता रहेको एक कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि यस प्रक्रणमा संसदीय समितिहरूले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए ।
यसैबीच, एनसेलको शेयर खरिद गरेका बेलायती कम्पनी स्पेक्ट्रलाइटका नेपाली मूलका शेयरधनी सतिशलाल आचार्यले एनसेलका सबै कारोबार कानून बमोजिम र पारदर्शी हुने प्रतिवद्धता जनाएका छन् । एनसेलले जारी गरेको एउटा प्रेस विज्ञप्तिमा शेयर बिक्री प्रक्रियामा आजियाटाले प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको दावी गरेको छ । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ ।
शेयर खरिदकर्ता सतिशलाल आचार्यले एनसेलले अहिलेसम्म सबै कर दायित्व पालना गरेको प्रष्ट्याएका छन् । साथै शेयर कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार तिर्न तयार रहेको बताएका छन् । आफ्नो सेवाको गुणस्तरमा कुनै बाधा नपर्ने प्रतिवद्धता जनाउँदै नेपाल दूरसञ्चार प्राधिकरणसँग आवश्यक सहमतिका लागि छलफल भइरहेको एनसेलको भनाइ छ । सतिशलाल आचार्य सिंगापुरमा बस्ने गैरआवासीय नेपाली हुन् । एनसेलको २० प्रतिशत नेपाली हिस्सेदार पनि उनी नै हुन् । उनकी पत्नीको नाममा उक्त शेयर भएको बताइन्छ । यदि यो कारोबार टुंगिएमा एनसेल आचार्य परिवारको एकल कम्पनी हुनेछ । आचार्य प्रतिष्ठित चिकित्सक डा.आइएल आचार्यका छोरा हुन् । उनी सिंगापुरमा बसेर व्यवसाय गर्छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...