आजदेखि काठमाडौंमा सुर्तिजन्य पदार्थ विक्रीमा पूर्ण प्रतिबन्ध

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– काठमाडौं महानगपालिकाले आज मंसिर २८ गते बिहीवारदेखि महानगरभित्र सुर्तिजन्य पदार्थको विक्री–वितरणमा पूर्ण प्रतिवन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गरेको छ । काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दावी छ ।

वुधवार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । सार्वजनिक स्थलको एक सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । तर, काठमाडौं महानगरपालिकाले चालेको यो कदमप्रति व्यवसायी भने असन्तुष्ट देखिएका छन् । बजार नभएको यो अवस्थामा महानगरले चालेको कदमले नेपालकै अर्थतन्त्रमा प्रभाव पर्ने कतिपय व्यापारीहरुको भनाई छ ।