सीता तथा रामको विवाह भएको सम्झनामा आज मनाइँदैछ विवाह पञ्चमी

काठमाडौं– त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता तथा रामको विवाह भएको सम्झनामा आज पुस १ गते आइतवार राम– सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । विवाह पञ्चमीको अवसरमा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सव आज विशेष विधिपूर्वक मनाइँदै छ ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिव धनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमी अर्थात आजैका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी–देवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
त्रेता युगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्षजस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत शुक्रबार माता सीताको मटकोर विधिको तयारी गरिएको थियो । शनिबार ऐतिहासिक गंगासागर पोखरीमा सीताको मटकोर गरिएको थियो । विवाह महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।
पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रंगभूमिमा स्वयंवर भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको डोला शोभा यात्रामा मिथिला क्षेत्रसँगै विभिन्न स्थानलगायत भारतीय श्रद्धालुहरू समेत सहभागी हुने गर्छन् । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल(भारतका लाखौँ श्रद्धालु सहभागी छन् ।
महोत्सवको पाँचौँ दिन शनिबार सन्ध्या मटकोर गरिएको थियो भने आज अपराहृन सीता स्वयंवर तथा रात्रिमा राम र सीताबीच मिथिला परम्पराअनुसार विवाह हुनेछ । मंसिर २६ गतेदेखि विधिवत रुपमा प्रारम्भ भएको सीता–राम विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ । शनिबार पाँचौँदिन मटकोर भएपछि आज आइतबार छैटौँ दिन राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाह पञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...